सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

टहरीलाई हराउँदै आयोजकले जित्यो उपाधि

शनिबार, ११ बैशाख २०७८खेलपाटी संवाददाता
टहरीलाई हराउँदै आयोजकले जित्यो उपाधि
Loading ad...
mustang rice ad

इलाम । आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजकले उपाधि रक्षा गरेको हो ।

उपाधिसंगै कनकाईले नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता हाम्रो इटहरीले ६१ हजार रुपैया प्राप्त गर्न सफल रहयो ।

कनकाई माविको खेल मैदानमा भएको फाइनल खेलमा कनकाईको जीतमा रमेश गुरुङ र सन्तोष बस्नेतले गोल गरे । खेलको १३ औँ मिनेटमा रमेशले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

इटहरीको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै सन्तोष बस्नेतले उपलब्ध गराएको क्रसलाई रमेशले गोलको दिशा दिएका थिए । त्यस्तै, रमेशको पासमा सन्तोषले टिमका लागि २४ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । ४४ औँ मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । गोलपोस्टको दायाँ बार च्यापेर सन्तोषले गरेको प्रहार गोलरक्षको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच आयोजक कनकाईका सन्तोष बस्नेत भए । उनलाई ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा युवा व्यवसायी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे ।

प्रतियोगिता भरिको उत्कृष्ट गोलरक्षक कनकाईका सञ्जय ठाकुर घोषित हुँदै नगद दुई हजार प्राप्त गरे । उत्कृष्ट खेलाडी रमेश गुरुङ घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईंलगायतले पुरस्कार वितरण गरेका थिए । कनकाई भेट्रान्स क्लबको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको प्रतियोगितामा प्रदेश एकका ८ वटा टिम सहभागी थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

Loading ad...
xTreme Energy Drink
अन्नपूर्णमा मंगोलियाका सेटर तुर्मान्डाख

अन्नपूर्णमा मंगोलियाका सेटर तुर्मान्डाख

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा