आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. भलिबल कभर्डहल बनाउन सहयोग गर्छु - सदस्य सचिव सिलवाल 

भलिबल कभर्डहल बनाउन सहयोग गर्छु - सदस्य सचिव सिलवाल 

२०२१ अप्रिल २१, बुधबारखेलपाटी संवाददाता

भलिबल कभर्डहल बनाउन सहयोग गर्छु - सदस्य सचिव सिलवाल 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले भक्तपुरमा भलिबलको कभर्डहल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भक्तपुर जिल्ला स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका पदक विजेतालाई प्रमाण पत्र तथा ट्रयाकसुट वितरण कार्यक्रममा सदस्य–सचिव सिलवालले उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘भक्तपुरमा उपयुक्त ठाउँको खोजी गर्नुस । भलिबलका लागि पूर्वाधार बनाउन बजेट उपलब्ध गराउछु । राष्ट्रिय खेल भलिबलको आफ्नै कभर्डहल हुनु जरुरी छ ।’ सदस्य–सचिव सिलवालले भने– ‘राष्ट्रिय खेल हो । जसरी राष्ट्रिय गानको हामी सम्मान गर्छौ । राष्ट्रिय खेल भलिबलको पनि सम्मान हुनु पर्छ । अरु खेललाई नगर्ने भन्ने चाहि होइन ।’

सदस्य–सचिव सिलवालले भक्तपुरका खेलसंग सम्बन्धित विभिन्न खेलका मन्डेकाजी श्रेष्ठ, कान्छीमाया कोजु, उपेन्द्रमान सिंह, शिवसुन्दर गोथे, गौतम लासिवा, प्रकाश धौबडेललगायतको नाम लिदै भने– ‘भक्तपुरमा ख्याती कमाएका र राष्ट्रलाई गुन लगाएका धेरै खेलाडी छन् । उनीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि देशको शिर उचो बनाउने कार्यमा योगदान पु¥याएका छन् । तैपनि खेलाडीहरुलाई अली एक्पोजरको कमी भएको हो कि भन्ने महशुस हुन्छ । यसलाई अन्यथा नठान्नु होला । एक्सपोजरमा बढी ध्यान दिनु आवश्यक छ ।’

No description available.

भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासीछ्वाले समितिले भक्तपुरमा रंगशाला बनाउन पहल गरिरहेको जानकारी गराए ।

कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समिति, बागमती प्रदेशका अध्यक्ष श्रीभक्त कासीछ्वा र भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाललाई सम्मान गरिएको थियो ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिका लागि स्थायी कार्यालय भवन उपलब्ध गराउन पहल गरेकोमा कासीछ्वा तथा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको साविक जिल्ला प्राविधिक कार्यालयको भवन जिल्ला खेलकुदलाई कार्यालय स्थापना गर्न उपलब्ध गराइ सहयोग गरेकोमा गेलाललाई सम्मान गरिएको हो । सदस्य–सचिव सिलवालले उनीहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे ।

त्यसै अवसरमा सदस्य–सचिव सिलवालले केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट छनोट भएका खेलाडीलाई प्रमाण पत्र प्रदान गरेका थिए । छनोट भएका खेलाडीलाई राजेश चिकबञ्जार र विज्ञान राईले प्रायोजन गरेको ट्रयाकसुट पनि खेलाडी र टिम प्रशिक्षकलाई वितरण गरिएको थियो ।

केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट विभिन्न ७ खेलमा प्रतिस्पर्धा गराइ ६६ खेलाडी छनोट गरिएको भक्तपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बाबुकाजी (विके) श्रेष्ठले जनाएका छन् ।

एथलेटिक्स, तेक्वान्दो, कराते, उसु, टेबलटेनिस, ब्याडमिन्टन र कबड्डीमा करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

बंगलादेशमा छन् कप्तान किरण

बंगलादेशमा छन् कप्तान किरण

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित