काठमाडौं । याम गुरूङलाई नेपाल भलिबल संघले कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।
सोमबार राजधानीमा बसेको संघको कार्यसमिति बैठकले गुरूङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
अध्यक्ष मनोरञ्जनरमण शर्मा अमेरिका जाने भएपछि संघले गुरुङलाई कार्यवाहक तोकेको हो ।
संघका अनुसार अध्यक्ष शर्मा तीन महिनाका लागि अमेरिका जान लागेका हुन् ।
उनी नेपाल नफर्कने बेलासम्मका लागि गुरूङलाई जिम्मेवारी दिईएको हो । गुरूङ पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष समेत हुन् ।