बराबरीमा रोकियो रियल
सोमबार, ०६ बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।
गेटाफेको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल बराबरीमा रोकिएको हो ।
यस बराबरीसँगै रियललाई उपाधि होडमा धक्का लागेको छ ।
रियलको बराबरीले शीर्ष स्थानको एट्लेटिको मड्रिडलाई फाईदा पुगेको छ ।
रियल ३१ खेलमा ६७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानको एट्लेटिकोको ७० अंक रहेको छ ।
गेटाफे ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा भिल्ला रियलले लेभान्टेलाई ५-१ ले हराएको छ ।









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
