एजेन्सी । अमेरिकन एथलेटिक्स खेलाडी क्रिस्टियन कोलम्यानमाथिको प्रतिबन्ध घटेको छ ।
खेलकुदको न्यायिक निकाय कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्ट्सले कोलम्यानको प्रतिबन्ध ६ महिनामा घटाएको हो ।
विश्व एथलेटिक्सको इन्टिग्रिटी युनिटले उनलाई २ वर्षको प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धपछि उनले खेलकुदको न्यायिक निकाय मा अपिल गरेका थिए ।
इन्टिग्रिटी युनिटले प्रतिबन्धित औषधि प्रयोग (एन्टी-डोपिङ) उलंघनको आरोपमा कोलम्यानलाई २ वर्षको प्रतिबन्ध लगाएको थियो ।
एथलेटिक्सको १ सय मिटरको विश्व च्याम्पियन कोलम्यानले १२ महिनामा तीन पटक डोपिङ परिक्षण गराउन असफल भएका थिए ।
एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण गर्न असफल भए एथलेटिक्सको एन्टी डोपिङ नियम उलंघन गरेको मानिन्छ ।
२४ वर्षीय कोलम्यानलाई गत मे महिनामै अस्थायी निलम्बन गरिएको थियो ।
प्रतिबन्ध घटेपनि कोलम्यानले जापानमा आयोजना हुने टोकियो ओलम्पिक गुमाउने छन् ।
टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।