बिहिबार, ०१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सानदार जितसहित आर्मी दोस्रो चरणमा

बुधबार, २५ चैत्र २०७७खेलपाटी संवाददाता
सानदार जितसहित आर्मी दोस्रो चरणमा
mustang rice ad

काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो चरणको यात्रा तय गरेको हो ।

आर्मीलाई पुनरागमन जित दिलाउन नवयुग श्रेष्ठले २ गोल गरे । यस्तै  सन्तोष तामाङ, टंक बहादुर बस्नेत, सुदिल राईले एक एक गोल गरे । श्रीलंका पुलिसका इभान्सले एक गोल फर्काए ।

श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मी सुरुवातबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो ।

खेलको १० औं मिनेटमा आर्मीका सन्तोष तामाङको डिबक्स बाहिरबाटको सशक्त प्रहार श्रीलंका पुलिसका गोलकिपर दिनेश महिन्दरणले बचाए ।

खेलको १२ औं मिनेटमा भरत खवासले गोलकिपर दिनेशलाई बिट गर्दै प्रहार गरेको बल श्रीलंका पुलिसका ए निकोलसले गोललाइनबाट बचाए ।

लगत्तै १३ औं मिनेटमा भरतको उत्कृष्ट हेडर श्रीलंका पुलिसका गोलकिपरले पन्च गर्दै बाहिर फाल्दा आर्मी अग्रता बनाउन चुकेको थियो ।

May be an image of 1 person, playing a sport, standing and text that says 'खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपा khelpati.com 10 BHARAT 21.. खेलपाटी khelpati.comखलपाटी khelpati.com खेलपाटी khelpati.com'

खेलको २१ औं मिनेटमा श्रीलंका पुलिसका इभान्सको प्रहार आर्मीका गोलकिपर विश्वास चौधरीले सहजै रोके ।

तर, खेलको २८ औं मिनेटमा इभान्सले गोल गर्दै श्रीलंका पुलिसलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ३९ औं मिनेटमा टंक बहादुर बस्नेतको क्रसमा भरतको हेडरले पोस्टको दिशा लिन सकेन ।

४१ औं मिनेटमा आर्मीले खेल १-१ को बराबरीमा ल्यायो । सन्तोषले डिबक्स बाहिरबाट उत्कृष्ट हाफ भली गोल गरेका थिए ।

खेलको ४३ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । उनले भरतको क्रसमा हेडमार्फत गोल गरे ।

दोस्रो हाफमा पनि आर्मीले श्रीलंका पुलिसविरुद्ध लगातार आक्रमण गर्यो ।

खेलको ५० औं मिनेटमा टंकले गोल गर्दै आर्मीलाई ३-१ को अग्रता दिलाए । श्रीलंका पुलिसका गोलकिपरले पन्च गर्दा आएको बलमा उनले गोल गरेका हुन् ।

खेलको ७१ औं मिनेटमा श्रीलंका पुलिसका इभान्सको कडा प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।

खेलको ८३ औं मिनेटमा सब्सिच्युड खेलाडी सुदिलले गोल गर्दै आर्मीलाई ४-१ को अग्रता दिलाए । उनी ६३ औं मिनेटमा टंकको स्थानमा मैदान प्रवेश गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ५-१ को जित दिलाए । श्रीलंका पुलिसका डिफेन्डरको ब्याक पासमा नवयुगले बल खोस्दै गोल गरेका हुन् । 

अब आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल बैशाख १ मा हुनेछ ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।

यस प्ले अफको विजेताले समूह चरणको समूह 'डी' स्थान बनाउने छन् । समूह 'डी' मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो ।

सहिद स्मारक 'ए' डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

धुवाँले रोकिएको खेलमा बायर्नको पुनरागमन जित

धुवाँले रोकिएको खेलमा बायर्नको पुनरागमन जित

चेल्सीलाई हराउँदै आर्सनल फाइनलनजिक

चेल्सीलाई हराउँदै आर्सनल फाइनलनजिक

मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा

मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा

Bajaj Pulsar Motorcycle Ad
धुवाँले रोकिएको खेलमा बायर्नको पुनरागमन जित

धुवाँले रोकिएको खेलमा बायर्नको पुनरागमन जित

चेल्सीलाई हराउँदै आर्सनल फाइनलनजिक

चेल्सीलाई हराउँदै आर्सनल फाइनलनजिक

मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा

मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा