राकेशको गोलमा विरगंज युनाईटेडको जित
२०२१ अप्रिल ३, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । विरगंज युनाईटेड क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विरगंजले स्वयम्भु क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
विरगंजको जितमा राकेश चौधरीले निर्णायक गोल गरे । उनले खेलको छैटौं मिनेटमा गोल गरेका थिए ।
जितसँगै समूह 'बी' मा रहेको विरगंजले ५ खेलमा १३ अंक जोडेको छ ।
स्वयम्भुले ६ खेलमा ९ अंक जोडेको छ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।