आरसीटीको नयाँ कार्यसमिति

काठमाडौं । सुरेशकाजी शाक्यको अध्यक्षतामा अन्नपूर्ण आरसीटी क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ ।
सहिद स्मारक लिग फुटबलका सर्वाधिक सफल क्लबमध्ये एक आरसीटीले शनिबार नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्षमा शाक्यको यो तेस्रो कार्यकाल हुनेछ ।
कार्यसमितिको उपाध्यक्षमा राजेश श्रेष्ठ र कुमार राजभण्डारी, सचिवमा राजु शाही, सहसचिवमा रविन महर्जन र कोषाध्यक्षमा संजीव तुलाधर छन् । यस्तै सदस्यमा यज्ञरत्न तुलाधर, नरेश बैद्य, अमूल्य मानन्धर, चंगेजलाल श्रेष्ठ, रघुवरमानसिंह प्रधान र नरेन्द्र श्रेष्ठ रहेका छन् ।
कार्यसमितिको पहिलो बैठकले मनोनित दुई सदस्यमा अशोक मानन्धर र नरेन्द्रबहादुर श्रेष्ठ रहेका छन् । कीर्तिमान छ पल्टको ए डिभिजन लिग विजेता आरसीटी अहिले बी डिभिजनमा छ ।
यस कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ र यसले आफ्नो प्रमुख लक्ष्य क्लबलाई आर्थिक र भौतिक रूपमा आफूलाई अझ बलियो बनाएर माथिल्लो डिभिजनमा उक्लने बनाएको छ । क्लबले आफ्नै मैदानका लागि तयारी गरिरहेका छ र यो अन्तिम चरणमा पुगिसकेको छ ।
क्लबको होस्टेलसहितको एकेडेमी बनाउने योजना पनि रहेको छ ।