काठमाडौं । राजु नगरकोटीले क्यानाडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।
क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको ५० वर्षमुनि पुरुष एकल पुम्सेमा राजुले कांस्य जितेका हुन् । राजु सहभागी स्पर्धामा ९ राष्ट्रका खेलाडी सहभागी थिए ।
नुवाकोट स्थायी घर भएका राजु विगत १७ वर्षदेखि मकाउमा कार्यरत छन् । राजु नेपाल आर्मीका छैटौं ब्याचका तेक्वान्दो खेलाडी हुन् ।