बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'बुटवल लुम्बिनी उपाधि दाबेदार टिम हो'

शुक्रबार, २० चैत्र २०७७खेलपाटी संवाददाता
'बुटवल लुम्बिनी उपाधि दाबेदार टिम हो'
Loading ad...
mustang rice ad

काठमाडौं । फ्रेन्चाइज फुटबल टिम बुटवल लुम्बिनी एफसीका अध्यक्ष राजकुमार तिमिल्सिनाले नेपाल सुपर लिग (एनएसएल) मा टिम उपाधि दाबेदार टिम भएको बताएका छन् ।

राजधानीमा शुक्रबार टिम सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बुटवल लुम्बिनी एफसी उपाधि दाबेदार टिम भएका बताएका हुन् ।

'हामीले केही नयाँ रणनीति बनाएका छौँ । लिगमा सहभागी ७ टिम मध्ये बुटवल लुम्बिनी पनि एक दाबेदार टिम हो,' अध्यक्ष तिमिल्सिनाले भने ।

अध्यक्ष तिमिल्सिनाले क्लबसँग १८ खेलाडी अनुबन्धित भईसकेको समेत बताए । उनले अब दुई स्थानीय खेलाडी अनुबन्ध गर्न बाँकी रहेको बताए ।

'२० मध्ये १८ खेलाडी पूरा भएको छ । अब लोकल खेलाडी राख्न बाँकी रहेको छ,' उनले भने ।

अध्यक्ष तिमल्सिनाले खेलाडीलाई सोल्टी होटलमा राखेर प्रशिक्षण दिने समेत जानकारी गराए ।

कार्यक्रममा बुटवल लुम्बिनी एफसीले प्रतियोगिताका लागि तीन विदेशी खेलाडीसहित अक्सनबाट छनोट गरेको खेलाडी सार्वजनिक गरेको थियो ।

भारतको आईलिग खेलिसकेका अफ्रिकन खेलाडीलाई बुटवल लुम्बिनी एफसीले अनुबन्ध गरेको हो ।

घानाका ओपाकुकु विलियान ओलियम, नाइजेरियाका ओमुलाजा करिम र चाडका अर्माड बेअडुमलाई बुटवलले टिममा अनुबन्धित गरेको हो ।

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

राखेपको निलम्बनमा पर्यो एन्फा

राखेपको निलम्बनमा पर्यो एन्फा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

राखेपको निलम्बनमा पर्यो एन्फा

राखेपको निलम्बनमा पर्यो एन्फा

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपाललाई पहिलो हाफमा अग्रता

नेपाललाई पहिलो हाफमा अग्रता

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

 राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

लुकाकु राष्ट्रिय टिमबाट बाहिर