सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा लचिलो, एकै सिजन दुई क्लबबाट खेल्दै खेलाडी  

बुधबार, १८ चैत्र २०७७दिपेश तिमल्सिना
एन्फा लचिलो, एकै सिजन दुई क्लबबाट खेल्दै खेलाडी  
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली फुटबललाई केन्द्रदेखि स्थानीय स्तरसम्म पुर्याउने उद्देश्यले अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रदेश लिगको योजना बनायो ।

एन्फाको योजना स्थानीय स्तरसम्म फुटबल पुर्याउनु मात्र थिएन । त्यहाँबाट नयाँ खेलाडी उत्पादन गर्नु पनि थियो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले केन्द्रमा मात्र सिमित बनेको नेपाली फुटबललाई स्थानीय स्तरसम्म पुर्याउन प्रदेश लिगको योजना बनाएको बताएका थिए । उनले स्थानीय तहसम्म फुटबलको माहोल बनाउन र नयाँ खेलाडी उत्पादनका लागि प्रदेश लिगको योजना अघि सारेको बताएका थिए ।

तर, एन्फाको आयोजनामा भएका पछिल्ला लिगहरुमा एन्फाकै एकेडेमीबाट उत्पादित खेलाडीलाई बढी प्राथमिकता दिएको पाइन्छ । प्रदेश लिगमा स्थानीय क्लबलाई च्याम्पियन बनाएर एन्फा प्रिसिडेन्ट कपसम्म डोर्याउनले खेलाडीले नै प्रिसिडेन्ट कपमा स्थान पाएनन् ।

एन्फा आफैले बनाएको लिग निर्देशिकालाई यसै प्रतियोगिताका लागि खुकुलो बनाएपछि स्थानीय खेलाडीले अवसर पाएनन् । एन्फाले प्रिसिडेन्ड कपका लागि मात्र ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका खेलाडीलाई अनुबन्ध गर्न पाउने नियम बनाएको थियो । त्यसै अनुरुप प्रिसिडेन्ट कपमा सहभागि टोलीले ‘ए’ र ‘बी’ डिभिजन खेलेका खेलाडीलाई अनुबन्ध गर्दै प्रतियोगितामा सहभागिता जनाए ।

अर्को तिर एन्फाकै लिग नियमावली अनुसार कुनै एक लिगका लागि एन्फामा दर्ता भएका खेलाडीले सोही सिजनको अर्को लिगमा खेल्न नपाउने नियम छ । यसलाई आधार मान्ने हो भने ‘ए’ डिभिजन लिगकै  संरचना भएको एन्फा प्रिसिडेन्ट कपमा पनि अन्य लिग खेलेका खेलाडीले खेल्न नपाउनु पर्ने हो । तर, यहाँ ‘ए’ डिभिजन लिगको शीर्ष ६ भित्रै रहेका क्लबका खेलाडीको बाहुल्यता रह्यो । जहाँ विभागीय टोलीका खेलाडीले समेत खेलेका थिए ।

एन्फाका लिग कमिटिका संयोजक सन्जिव मिश्रले कोरोना कारण खेलाडीलाई एन्फा प्रिसिडेन्ट कपका लागि मात्र खेलाडी अनुबन्ध गर्न दिने नियम बनाएको बताए । उनले ‘ए’ डिभिजन लिग नभएको र क्लबले खेलाडीलाई रिलिज गरेका कारण प्रिसिडेन्ट कपमा मात्र खेल्न दिने एन्फाको निर्णय भएको बताए ।

‘यस वर्ष कोभिडका कारण लिग हुन सकेन् । लिग नभएका कारण सबै क्लबले आफ्ना खेलाडीलाई सम्झौतामा राख्न सकेन् । त्यसैले कम्तिमा एन्फा प्रिसिडेन्ट कपमा भएपनि खेलाडीले सहभागिता गर्न पाउन भन्ने हेतुले हामीले खेल्न दिएका हौँ,’ लिग संयोजक मिश्रले भने ।

यता एन्फा अध्यक्ष शेर्पाले खेलाडी क्लबमा आबद्द नभएकाले रोक्न नसकिएको बताए । उनले नियमित लिग गर्न नसकिएकाले पनि एक खेलाडी एक क्लबको नियम कडाइका साथ लागु गर्न नसकिएको बताए ।

एन्फा अध्यक्ष शेर्पाले भने, ‘गत सिजनको लिग नियमित गर्न सकिएन् । यसले गर्दा पनि खेलाडीलाई क्लबहरुले आफ्नो सम्झौतामा राख्न सकेन् । उनीहरु फ्री जस्तै भए । हामीले पनि उनीहरुलाई रोक्न सकेनौ । रोक्ने कुरा पनि भएन् । यसले स्थानीय खेलाडी उत्पादनमा असर गरेको छ । अर्को वर्षदेखि एक खेलाडी एक क्लबको नियम हुनेछ । त्यसमा कडाई पनि हुन्छ । यो वर्ष यस्तै भयो ।’

लिग संयोजक मिश्रले अहिलेसम्म एकै सिजनमा एक डिभिजनबाट अर्को डिभिजनमा खेल्न नपाउने पिरामिडलाई कायमै राखेको बताए ।

‘हाम्रो यहाँ ‘ए’ डिभिजनमा दर्ता भएका खेलाडीले ‘बी’ र ‘सी’ डिभिजनमा खेल्न पाउँदैनन् । त्यस्तै ‘बी’ डिभिजनमा दर्ता भएकाले खेलाडीले ‘सी’ डिभिजन खेल्न पाउँदैनन् । ‘सी’ क्वालिफायरका लागि ‘सी’ मा दर्ता भएका खेलाडीले खेल्न पाउँदैनन् । एक किसिमले हामीले त्यो पिरामिडलाई व्यवस्थित गरेका छौ,’ उनले भने ।

May be an image of 2 people, people standing, people playing football and grass

नेपालगञ्जमा आयोजना भएको प्रिसिडेन्ट कपमा धनगढीको स्टार सिटी च्याम्पियन बनेको थियो । उपाधि विजेता स्टार सिटीसँगै, लुम्बिनी प्रदेशको धम्बोझी, रौटहटको मनकामना युवा क्लब र गण्डकी प्रदेशको त्रीवेणी क्लब राष्ट्रिय लिगका लागि छनोट भएका छन् ।  प्रिसिडेन्ट कपका शीर्ष चार क्लबले राष्ट्रिय लिग खेल्ने अवधारणा रहेको छ ।

त्यस बाहेक ‘ए’ डिभिजन लिगका शीर्ष ६ क्लबले पनि राष्ट्रिय लिग खेल्ने छन् । राष्ट्रिय लिग खेल्ने शीर्ष ६ मा लिग च्याम्पियन मछिन्द्र, विभागीय टोली आर्मी, मनाङ मर्स्याङ्दी, थ्री स्टार, नेपाल पुलिस र जावलाखेल युवा क्लब रहेका छन् ।

तर, राष्ट्रिय लिगका लागि छनोट भएका क्लबका धेरै जसो खेलाडीले दुई क्लबबाट खेलेका छन् । जुन खेलाडीले ‘ए’ डिभिजन क्लबलाई राष्ट्रिय लिगमा छनोट हुन महत्वपूर्ण भूमिका निभाए, तीनै खेलाडीले प्रिसिडेन्ट कपमा सहभागि क्लबलाई पनि राष्ट्रिय लिगमा पुर्याउन ठुलो योगदान दिए ।

यस्तो अवस्थामा भोली क्लबबीच कस्तो असर पर्छ ? भन्ने प्रश्नमा लिग संयोजक मिश्रले भने, ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट त हुन्छ । किनभने त्यहाँ विभागीय क्लबका खेलाडी पनि सहभागि थिए । अन्य क्लबले भने खेलाडी अनुबन्ध गरेका छैनन् । त्यसैले पनि हामीले प्रिसिडेन्ट कपका लागि मात्र खेलाडी अनुबसन्धत गर्न पाउने भनेका हौँ । राष्ट्रिय लिगका लागि सबै क्लबले फेरी एन्फामा खेलाडी दर्ता गर्नु पर्नेछ । प्रिसिडेन्ट कपमा ति खेलाडीले सहभागिता हुन नपाउनु पर्ने नियम भएपनि यो वर्ष कोभिडका कारण पाउने भयो । अर्को वर्ष सबै लिग एकै समयमा गर्ने योजना छ । त्यसो भयो भने यस्तो बिबाद आउँदैन् ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

Loading ad...
xTreme Energy Drink
नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी