काठमाडौं । इटहरीमा अल नेपाल हाफ म्याराथनको आयोजना हुने भएको छ ।
सोसियल रिक्न्स्ट्रक्सन फाउन्डेसनको आयोजनामा हुने हाफ म्याराथन वैशाख ११ गते आयोजना हुनेछ ।
२१ किमीको खुल्ला प्रतियोगितामा महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । १० किमीमा भने महिलाको मात्र सहभागिता रहनेछ ।
हाफ म्याराथनको विजेताले १ लाख ५० हजार पाउने छन् । दोस्रोले १ लाख, तेस्रोले ५० हजार र चौंथोले १० हजार पाउने छन् ।
महिला १० किमीको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रोले १० हजार र चौंथोले ५ हजार पाउने छन् ।