सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सफल कप्तान विराजको बिदाइ

सोमबार, १६ चैत्र २०७७खेलपाटी संवाददाता
सफल कप्तान विराजको बिदाइ
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली फुटबलका सफल कप्तान हुन् विराज महर्जन । उनै सफल कप्तान विराजले सोमबार अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुद्धको खेलसँगै विराजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

बंगलादेशविरुद्ध खेलको ८९ औं मिनेटमा त्रिदेभ गुरुङको स्थानमा मैदान प्रवेश गरेका ३० बर्षिय विराजले घरेलु दर्शकमाझ अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । क्लब फुटबलमा भने उनलाई देख्न सकिनेछ ।

विगत एक वर्ष देखि अन्तराष्ट्रिय फुटबलबाट टाढा रहेका विराज यहि चाहन्थे । एन्फाले घरेलु दर्शक माझ सुखद् बिदाइ दिओस । उनले चाहे जस्तै थ्री नेसन्स कपको फाइनल खेल खेल्दै विराजले आफ्नो अन्तराष्ट्रिय फुटबललाई विश्राम दिए । बिदाइ खेलमा विराजले उपाधि समेत जिते ।

यस अघिका दुई खेल किर्गिस्तानको ओलम्पिक टोली (यू–२३) र बंगलादेशसँगको लिग चरणको खेलमा बेन्चमा बिताएका विराजलाई मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले दोस्रो हाफको मिनेटमा मैदान छिराएका थिए । यस अघिनै प्रशिक्षक महर्जनले बंगलादेशविरुद्ध विराजलाई मैदान पठाउन दुई पटक प्रयास गरे । पहिलो हाफ र दोस्रो हाफमा दुई पटक मैदान प्रवेश गर्नुअघि वार्म अपका लागि पठाएपनि महर्जनले बिना संकोच विराजलाई फाइलनमा मैदान पठाएका थिए ।

गत वर्ष मलेसियासँग उसैको मैदानमा ९० मिनेट बिताएका विराज त्यस यता भने राष्ट्रिय टोली बाहिर रहँदै आएका थिए ।

फाइनल अघि विराजले राष्ट्रिय टोलीबाट ७२ क्याप जित्दै १ गोल गरेका छन् । फाइलनमा ७३ क्याप पुरा गरेका विराज नेपालका लागि सर्बाधिक खेल खेल्ने खेलाडी समेत हुन् । उनले गत सागमा ६८ क्याप पुरा गर्दै पूर्व कप्तान राजुकाजी शाक्यको नाममा रहेको सर्बाधिक क्यापको किर्तिमानी भंग गरेका थिए ।

लेफ्ट ब्याक विराजले सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरा रंगशालामा खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । त्यस यता उनले १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा १ गोल गरेका छन् । उनले सन् २००९ मा दशरथ रंगशालामा किर्गिस्तानविरुद्ध फ्रिकिकमा गोल गरेका थिए ।

हाल घरेलु फुटबलमा मछिन्द्र फुटबल क्लबका लागि खेल्दै आएका उनले गत सिजनको लिगमा समेत मछिन्द्रलाई आफ्नो कप्तानीमा पहिलो पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि दिलाएका थिए । यस अघि उनले मनाङ मर्स्याङ्दी क्लबलाई आफ्नै कप्तानीमा किर्तिमानी आठौं पटक र थ्रीस्टारलाई समेत लिगको उपाधि दिलाएका थिए ।

कुनै समय थियो । नेपाली फुटबलले अन्तराष्ट्रिय क्षेत्रमा उपाधि हात पार्नै सकेको थिएन । साग र साफ प्रतियोगिताबाट माथि उठ्न नसकेको नेपाली फुटबललाई बरदान सावित भए कप्तान विराज । उनको नेतृत्व सँगै नेपालले लगभग २३ बर्षपछि तिन मुख्य उपाधि हात पार्याे ।

नेपालले २३ व र्षपछि बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो । सन् २०१६ मा बंगलादेशको ढाकामा भएको प्रतियोगितामा नेपालले विराजकै कप्तानीमा उपाधि जितेको थियो । लगत्तै सोहि वर्ष नेपालले मलेसियामा भएको सोलिडारिटी कप र भारतको गोवामा भएको १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेको थियो । तिनै खेलमा नेपालको कप्तानी विराजले गरेका थिए ।

नेपालले सागको मात्रै उपाधि हात पार्दै आएको थियो । सोहि कारणले पनि विराज नेपाली फुटबलको ईतिहासमा एक सफल कप्तानको रुपमा रहन्छन् र रहिरहनेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

Loading ad...
xTreme Energy Drink
नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी