रोहित थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी
सोमबार, १६ चैत्र २०७७खेलपाटी संवाददाता
काठमाडौं । नेपालका रोहित चन्द थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाललाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका रोहित सर्वोत्कृष्ट चुनिएका हुन् ।
सर्वोत्कृष्ट खेलाडी बनेका रोहितले ५ सय डलर प्राप्त गरे ।
दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ ले हराउँदै नेपालले उपाधि जितेको थियो ।
उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।










-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)
