काठमाडौं । शुक्र बहादुर राईले सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरान ओपन गल्फको उपाधि जितेका छन् ।
धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा शुक्रबार भुवन नगरकोटीलाई ७ स्ट्रोकले पछि पार्दै शुक्रले उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा शुक्रले कुल ४ अन्डर २ सय ६ स्कोर बनाए । उपाधिसँगै शुक्रले ९० हजार प्राप्त गरे ।
भुवनले ७ ओभर ७७ स्कोर जोडे । भुवनसँगै संयुक्त दोस्रो भएका कृष्ण मान राजबाहक र भुवन नगरकोटीले समान ४३ हजार ६ सय ६६ प्राप्त गरे ।
रामे मगर र निरज तामाङ संयुक्त पाँचौ स्थानमा रहे । उनीहरुले २८ हजार ५ सय प्राप्त गरे ।
दिपक आचार्य सातौं स्थानमा रहदै २५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा ३२ व्यवसायिक खेलाडीको सहभागिता रहेको छ ।