काठमाडौं । उमेर हद ५८ वर्ष पूरा गरी अनिवार्य अवकास पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखा अधिकृतद्वय टेकबहादुर अधिकारी र ज्ञान घिमिरेलाई शुक्रबार बिदाइ गरिएको छ ।
आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतका कर्मचारीहरुले उनीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अवकास जीवन शुखमय वितोस् भनी शुभकामना दिदै बिदाइ गरे ।
राखेपमा अधिकारीले ३३ वर्ष तथा घिमिरेले करिब २५ वर्ष सेवा गरे । अधिकारी गत माघ १० गते तथा घिमिरे गत मंसिर ८ गते अनिवार्य अवकास भएका थिए ।