काठमाडौं । पूर्व राष्ट्रिय खेलाडी, अम्पाएर तथा रुपन्देही जिल्ला क्रिकेट संघका पूर्व पदाधिकारी समेत रहेका स्व. सुनिल ढुंगानाको परिवारलाई नेपाली क्रिकेट समर्थक समाजले आर्थिक सहयोग प्रदान गरेको छ ।
समर्थक समाजले स्व. ढुङ्गानाको परिवारलाई २ लाख १२ हजार आर्थिक सहयोग गरेको हो । समाजका केन्द्रिय कोषाध्यक्ष अच्युत पाण्डे , सहसचिब मोहन ज्ञावली र केन्द्रीय सदस्य तारा पाठक र रुपन्देही जिल्ला सम्वन्वय समितिका पदाधिकारीहरुले बिहीबार उनको परिवारलाई १ लाख १२ हजार रुपैया हस्तान्तरण गरेका थिए ।
समाजले पहिलो चरणमा उनको धर्मपत्नी लक्ष्मी ढुङ्गाना र सुपुत्र सुलभ ढुङ्गानालाई १ लाख हस्तान्तरण गरेको थियो ।
स्व. ढुङ्गानाको धर्मपत्नी लक्ष्मीले यस सहयोग अभियानमा देश तथा बिदेशमा रहेका आम समर्थक, क्रिकेसँग आबद्द थुपै सरोकारबाला ब्यक्तित्वहरु जोडिएकोमा खुसी ब्यक्त गर्दै ती सम्पुर्ण सहयोगी मनहरु र नेपाली क्रिकेट समर्थक समाजलाई धन्यवाद दिएका थिए ।
रुपन्देहीको स्थानिय क्रिकेटमा महत्वपुर्ण योगदान पुर्याएका ढुंगानाको गत पुस ७ गते ६३ वर्षको उमेरमा निधन भएको थियो ।