काठमाडौं । टेबल टेनिस क्लब अफ देवदहको आयोजनामा प्रथम देवदह टेबल टेनिस च्याम्पियनसिप हुने भएको छ ।
रुपन्देहीको देवदहमा हुने प्रतियोगिता शनिबार र आइतबार हुनेछ ।
प्रतियोगिता देवदहको बी २५ हलमा सञ्चालन हुनेछ ।
च्याम्पियनसिपमा कक्षा ५ देखि ७, कक्षा ८ देखि १० र +२ गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ हजार, उपविजेताले ३ हजार ५ सय बराबरको टेबल टेनिस खेल सामग्री पाउने आयोजकले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पुग्ने खेलाडीले १ हजार ५ सय बराबरको टेबल टेनिस खेल सामग्री पाउने छन् ।