राजिब गुरुङ (दिपक मनाङे) ।
हामीसँग सम्पतिको नाममा केहि पनि छैन । जे छ, यहि प्राप्त गरेको मेडल छ । युवा टोलीमा सत्ता आएको छ । धनी मान्छेले कहिले पनि गरिब (नयाँ पुस्ता) लाई दिन चाहेन । हामी नयाँलाई ल्याउन चाहन्थ्यौं । यो पटक सफल भएको छौं ।
३६ बर्षमा अहिलेसम्म मनाङ क्लबले कुनै पनि सांसदसँग पैसा लिएको रहेनछ । यिनीहरुमा ज्ञान नभएको हो । काठमाडौं र ललितपुरले खेलकुदमा धेरै गरेको छ । यस पटकबाट म (राजिव) ४० लाख बर्षको मनाङलाई दिन्छु । जहाँबाट हुन्छ जसरी हुन्छ, म दिन्छु ।
हामीले २५ डलर प्रत्येक महिना अमेरिका, अष्ट्रेलिया हङकङमा बस्नेसँग माग्छौं । त्यसरी हामीलाई ५०–६० लाख आउँछ ।
आरसीटी, थ्रीस्टार लगायत नेपालमा जति क्लब छन् उनीहरुका पदाधिकारीले तलब खान्छन् । हाम्रोमा भने आफ्नै खर्च हुन्छ ।
जस्तो यो (मुखिया) अध्यक्ष भयो । यसको ३० लाख चुना लागिसक्यो । पाउने केहि हैन, उल्टो दिने हो । हामीलाई फाइदा केही छैन । पदाधिकारीलाई गाह्रो छ । म सजिलो गर्न लागेको छु । जति युवा पदाधिकारी आएका हुन् । उनीहरु छनोट भएर आएका हुन् ।
अबका पदाधिकारीले एक सय सदस्य बनाउछ, आफ्नै परिवारबाट । त्यहाँबाट ५–५ हजार उठाउँछ । त्यहाँबाट पनि बजेट आउँछ । हामीसँग क्लबको नेतृत्वमा डरले न नआउने परम्परा छ । आएपछि आफ्नो पैसा सकिन्छ ।
प्रदेश नम्बर ४ मा एउटा पनि क्लब छैन । हामी ब्रान्च यहाँ राखेर त्यहाँ जान्छौं । गण्डकीमा हामीलाई एकदमै समर्थन छन् । साहारा र हामी खेल्दा दुबै तर्फ बराबर फ्यान हुन्छ । हामी त्यहाँ जादा सदस्य बनेको सबैले पैसा दिन्छ । हामी त्यहाँ जाँदा प्रदेशलाई फाइदा छ । अब प्रदेशको टिम यहि हो । प्रदेशले सहयोग गर्नुपर्छ । हामी पहिलो पटक प्रदेशसँग माग्दैछौं ।
ललितपुरले आफ्ना क्लबले प्रतियोगिता जित्दा ४–४ लाख दिन्छ । हामीले त्यस्ता उपाधि ८–१० वटा जित्छौं । तर हामी त्यस्तो (पैसा लिने) काम गर्दैनौं । त्यो सट्टेबाजी जस्तो भयो । त गेम खेल, पैसा म दिन्छु भनेको जस्तो भयो । जितेनस तैले एक रुपैयाँ पनि पाईनस्, यो स्पोर्टस्को कुरा हैन । सट्टा खेलेका जस्तो देखियो ।
प्रदेश नम्बर ४ मा धेरै मैदान छन् । हामीले माग्ने नि मैदान हो । तर मैदान ब्यवस्थित छैन । त्यसलाई बनाउने काम हामी गर्छौं ।
मनाङ प्रालीमा दर्ता भएर अघि जाने धेरै सम्भावना छ । मनाङ ३० बर्ष चलायो तर काम भएन । उनिहरुले (पूर्व पदाधिकारी) काम गर्देको भए मलाई गाह्रो हुन्थ्यो । उनिहरुले कामनै गरेको छैन । अव मैले सानो केहि काम गरेपनि धेरै देखिन्छ । मैले अव प्रदेशमा क्लब लैजादै छु । क्लब मैले बोकेर लैजाने त हैन । यहि मान्छेलाई राजी गराएर लैजाने हो । अब मलाई काठमाडौंको क्लब लैजान दिदैन । किन लैजान पर्याे भन्छ ?
उनिहरु काठमाडौं ५० बर्ष बसिसक्यो । उनिहरुको ब्यापार, परिवार सबै यहि छ । त्यसैले उता जान मान्दैन । तर हामी सम्झाउँछौ । प्रदेश नम्बर ४ भन्दैमा हामीले उनिहरुलाइ बेचेको हैन । हाम्रो जिल्लानै त्यहि परेर हामी जान लागेको ।
ल ठिक छ बागमतीमै बसौ । त्यसो भए सरकारले मैदान देओस न त । मैदान भए हामी किन प्रदेश चारमा जानु ?
फुटबल र क्लब चलाउन जति सुकै ठुलो क्लब भएपनि राम्रो खेलाडी चाहिन्छ । त्यसको लागि पैसा चाहियो । राम्रो खेलाडी नभए जित्नै सक्दैन । फुटबल भनेको गोल हान्न सक्नुपर्छ । हामीले ९० मिनेट जति राम्रो खेलेपनि गोल नभए सक्कियो । जुन म आफै पोखरामा खेल्दा (भेट्रान कप) भोगेको छु ।
अलिकति मलाई राजनिति गर्याे भन्ने आरोप छ । यिनीहरुलाई पदाधिकारी बनायो भन्ने छ । तर मैले यिनीहरुलाई ल्याएकै हैन । सबै वडाले छनोट गरेर पठाएको हो । हावामा कोही आएको छैन । अलि चाँडो गर भन्दा राजनिति गर्याे भन्छन् ।
मनाङ कसैको क्लब हैन । यो कपै कप छ । यो के गर्नु बेच्नु ? यो बेच्यो भने एक प्याक रक्सीपनि आउँदैन । तर यसको मुल्य छ । यो रक्सिसँग साट्नलाई ल्याएको हैन नि ।
हामीलाई समाजले बनाएको हो । अव समाज भित्र हामी पनि छौं ।
क्लबको आम्दानी आफै हो । स्याउँबारीबाट ५७ लाख समाज र क्लबलाई आउँछ । यो चार पालिकामा तिन पालिकाको पर्दैन । ओखर फम खोल्ने सोच बनाएका छौं । त्यसमा सुरुवाती ५ बर्ष आम्दानी हुँदैन । त्यसपछि बर्षको साढे ४ करोड हुन्छ । ओखर फर्ममा काम गर्नेलाई पैसा नि भयो । उनिहरुका बच्चाहरुलाई पनि पठाईदिने । त्यो पनि निशुल्क । ठुला कुरा हैन, मनाङ मस्र्याङ्दी फेरी बलियो क्लब हुन्छ ।
(राजिब गुरुङ (दिपक मनाङे) मनाङ मस्र्याङ्दी क्लबका सल्लाहकार हुन् ।)