काठमाडौं । मुखिया गुरुङको अध्यक्षतामा मनाङ मर्स्याङ्दी क्लबको नयाँ कार्यसमिति गठन भएको छ ।
मनाङले मंगलबार गुरुङको अध्यक्षतामा १४ सदस्सीय कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिका सबै पदाधिकारी सर्वसम्मतबाट चयन भएका हुन् ।
मुखिया अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुशिल गुरुङ रहेका छन् ।
उपाध्यक्षमा विजय घले, छिरिङ टासी घले, राजु गुरुङ, कमल गुरुङ र सोनाम गुरुङ रहेका छन् ।
महासचिवमा तेन्जिङ गुरुङ, सचिवमा कर्मा टासी गुरुङ र कोषाध्यक्षमा कर्मा गुरुङ रहेका छन् ।
सदस्यमा राम बहादुर गुरुङ, मुखिया गुरुङ,कर्मा गुरुङ र सोनाम घले रहेका छन् ।