रोनाल्डो रियल फर्किन सक्ने

एजेन्सी । इटालियन सिरी 'ए' लिग खेलिरहेका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो स्पेनिस ला लिग क्लब रियल मड्रिड फर्किन सक्ने बताइएको छ ।
क्लबका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोका लागि ढोका खुल्ला रहेको भन्दै क्लबमा उनी फिर्ता हुन सक्ने सम्भावना रहेको स्वीकारेका छन् ।
‘हामी रोनाल्डोलाई जान्दछौ र उनी क्लबमा फर्किन सम्भव छ,’ जिदानले भने, ‘हामी त्यो व्यक्ति र उसले रियल मड्रिडमा गरेको सबै कुरा जान्दछौं । तर अहिले उनी युभेन्टसका खेलाडी हुन् ।’
उनले थपे, ‘रोनाल्डोसँग मैले गर्नुपर्ने काम कुरा गरेँ । अब भविष्यमा के हुन्छ हेरौं ।’
स्पेनिस मिडियाका अनुसार रोनाल्डो रियल मड्रिडमा फर्किन उत्सुक रहेको बताइएको छ ।
युभेन्ट्समा रोनाल्डो आशा गरिए अनुसार सफल हुन सकेको छैन् ।
यस सिजनको सिरी 'ए' को अंक तालिकामा युभेन्ट्स तेस्रो स्थानमा छ । युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ ।
रोनाल्डो सन् २०१८ मा रियल छाडेर युभेन्ट्स आएका थिए ।