काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५४ ले दिएको अधिकार बमोजिम राष्ट्रिय खेलकुद विकास नियमावली २०७७ को प्रारम्भिक मस्यौदा बुझाइएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकालको संयोजकत्वमा रहेको समितिले राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई उक्त नियमवलीको प्रारम्भिक मस्यौदा हस्तान्तरण गरेको हो ।
समितिका विज्ञ रिमबहादुर रानाभाट, खेलकुद शाखाका उपसचिव प्रेमराज खरेल, आर्थिक महाशाखाका उपसचिव रामप्रसाद विडारी, कानून न्याय संसदीय मन्त्रालयका उपसचिव शारदा राउत, राष्ट्रिय खेलकुद परिषद्का कानून शाखाका प्रमुख नारायणराज अर्याल र सचिवको रुपमा युवा तथा खेलकुद मन्त्रालयका कानून उपसचिव रिन्जा डंगोल रहेका छन् ।