बराबरीमा रोकियो एट्लेटिको
आइतबार, ०१ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिको गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।
गेटाफेको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा एट्लेटिको रोकिएको हो ।
बल पोसेसनमा पकड जमाएपनि एट्लेटिकोले घरेलु टिमको गोललाइन तोड्न सकेन ।
घरेलु टिमले समेत गोलको केहि अवसर खेर फालेका थिए ।
यस बराबरीसँगै एट्लेटिकोले २७ खेलमा ६३ अंक जोडेको छ ।
एट्लेटिको दोस्रो स्थानको रियल मड्रिड भन्दा अझै ६ अंकले अघि रहेको छ ।
गेटाफे २८ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।






-1768446504496.webp&w=3840&q=75)
-1768446054142.webp&w=3840&q=75)
-1768445380692.webp&w=3840&q=75)



-1768392748211.jpeg&w=3840&q=75)

