बेन्जिमा चम्किदा रियलको जित
शनिबार, फागुन २९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले इल्चेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा करिम बेन्जिमा चम्किएपछि रियलले पुनरागमन जित निकालेको हो ।
खेलको ६१ औं मिनेटमा डानी काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
रियलले २७ खेलमा ५७ अंक जोडेको छ ।
पराजित इल्चे २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)