काठमाडौं । अग्रज खेलकुद पत्रकार तथा नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) का संस्थापक सीताराम अग्रहरी एनएसजेएफ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले बुधबार संस्थापक अग्रहरीलाई नगद १५ हजारसहित पुरस्कृत गरेको हो । मन्चले आफ्नो बार्षिक साधारणसभाको दौरान पुरस्कृत गरेको हो ।
गोरखापत्रका पुर्व सम्पादक समेत रहेका अग्रहरी ३५ बर्षयता पत्रकारितामा सक्रिय हुनुहन्छ । उनले गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक र प्रधान सम्पादकको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरेका थिए ।
यस्तै मन्चले युवा पत्रकार दिल बहादुर तामाङलाई युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित गरेको छ । मन्चका सदस्य दिल राजधानी दैनिकमा खेलकुद संवाददाता रहेका छन् ।
दुवैलाई प्रतिनिधि सभाका संसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, मन्चका अध्यक्ष महेश आचार्य, एआईपीएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशी लगायतले सम्मान पत्रसहित सम्मानित गरे ।