लेभान्टेले भ्यालेन्सियालाई हरायो
शनिबार, २९ फाल्गुण २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लेभान्टेले साँघुरो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा लेभान्टेले भ्यालेन्सियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लेभान्टेलाई जित दिलाउन रोजरले निर्णायक गोल गरे ।
खेलको १८ औं मिनेटमा उनले निर्णायक गोल गरेका हुन् ।
जितसँगै लेभान्टेले २७ खेलमा ३५ अंक जोडेको छ ।
लेभान्टे लिगको आठौं स्थानमा उक्लिएको छ ।
भ्यालेन्सिया २७ खेलमा ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


