लेभान्टेले भ्यालेन्सियालाई हरायो
शनिबार, २९ फाल्गुण २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लेभान्टेले साँघुरो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा लेभान्टेले भ्यालेन्सियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लेभान्टेलाई जित दिलाउन रोजरले निर्णायक गोल गरे ।
खेलको १८ औं मिनेटमा उनले निर्णायक गोल गरेका हुन् ।
जितसँगै लेभान्टेले २७ खेलमा ३५ अंक जोडेको छ ।
लेभान्टे लिगको आठौं स्थानमा उक्लिएको छ ।
भ्यालेन्सिया २७ खेलमा ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।









-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)

