काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा ईष्टपोल उच्च मा.वि.को सहआयोजनामा गोकर्णेश्वर नगर तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता हुने भएको छ ।
गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा हुने खेलाडी छनौट प्रतियोगिता फागुन २९ गते हुनेछ ।
भविष्यमा प्रशिक्षक खटाई बन्द प्रशिक्षणको व्यवस्था गर्ने र नगर, क्षेत्र, राष्ट्र हुँदै अन्र्तराष्ट्रिय स्तरसम्म तेक्वान्दो खेलाडी पु¥याउने उद्देश्य रहेको आयोजक गोकर्णेश्वर नगरपालिकाले पत्रकार सम्मेलनबाट जानकारी दिएको छ ।
पुम्से २ विधा र गेरोगी विधा गरी १९ विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य कृष्ण राईले गर्नेछन् । भने समापन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गर्नेछन् ।
प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुनेले प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् ।
यस्तै महिला तथा पुरुषतर्फको उत्कृष्ट खेलाडी बेस्ट फाइटर अर्वाडबाट सम्मानित हुनेछन् ।