शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Bhat Bhateni Supermarket Ad

एनएसएलमा माथिल्लो स्तरको फुटबल हेर्न पाईनेछ - सुदीप शर्मा (अन्तरवार्ता)

शुक्रबार, फागुन २८, २०७७हिम बिक्रम केसी
एनएसएलमा माथिल्लो स्तरको फुटबल हेर्न पाईनेछ - सुदीप शर्मा (अन्तरवार्ता)
Classic Tech Internet Ad

घरेलु फुटबलको संरचनालाई लिएर बेला बेलामा बहस भइरहन्छ । धेरैको आरोप छ, शीर्ष डिभिजनको फुटबलले देशको प्रतिनिधित्व गरेन । काठमाडौं उपत्यकाभित्रकै सिमित क्लबले फुटबलमा हालिमुहाली गरे । सहिद स्मारक 'ए' र 'बी' डिभिजन लिग खेल्ने अधिकांश क्लब काठमाडौं उपत्यकाभित्रका छन् ।

बहसका बीच घरेलु खेलकुदमा फ्रेन्चाइज फुटबलको प्रयोग हुँदैछ । नेपालको अग्रणी व्यवसायीक घराना चौधरी ग्रुपले नेपाल स्पोर्टस म्यानेजमेन्टमार्फत नेपाल सुपर लिग (एनएसएल) नामक फ्रेन्चाइज फुटबल लिग सुरु गर्दैछ । छिमेकी देश भारतमा सफल बनेको फुटबलको फ्रेन्चाइज लिग नेपालको खेलकुदमा सफल बन्ला ?

नेपाल सुपर लिगको विविध आयाममा केन्द्रित रहेर नेपाल स्पोर्टस म्यानेजमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइयो) सुदीप शर्मासँग खेलपाटीका सम्पादक हिमबिक्रम केसीले गरेको कुराकानी प्रस्तुत गर्दैछौं ।

के हो नेपाल सुपर लिग ?

नेपाल सुपर लिग अहिले फुटबलको फ्रेन्चाइज लिगबाट सुरु गरेका छौ । नेपाल इस्पोट्स म्यानेजमेन्टको लक्ष्य भनेको भविष्यमा सबै खेलको लिगहरु सञ्चालन गर्ने हो । खेलकुदलाई थप व्यवसायिक बनाउने, खेलाडीलाई व्यवसायिक बनाउने र अन्तर्राष्ट्रिय स्तरमा अझै उपलब्धिहरु बढ्न सकोस भन्ने योगदान गरौं भन्ने उद्देश्यनै हो ।

छिमेकी देश भारतमा फुटबलकै फ्रेन्चाइज (आइएसएल) चल्छ, त्यही प्रयोग नेपाली फुटबलमा गर्न खोजिएको हो ?

हामी नेपालमा गर्दैछौं, त्यसैले नेपाल सुपर लिग भयो । उहाँको भारतमा हुन्छ, इन्डियन सुपर लिग । नाम मिल्दो जुल्दो छ । ब्रान्डिङको हिसाबले एनएसएल सुन्दापनि राम्रो सुनिने हुन्छ । फ्रेन्चाइज लिगको कतिपय अवधारणा लगभग उस्तै हुन्छ ।

अवधारणा उस्तै हुदाँ, फ्रेन्चाइज टिमहरु, ब्यवसायीक कुराहरु, मोडलहरु, म्याच खेल्ने कुराहरु, इभेन्टमा हुने मनोरञ्जनका कुराहरु मिल्दा हुन्छन् । अन्तराष्ट्रिय स्तरमा हुने चिजहरु मिल्दै आउँछन् । यहाँ हामीले अन्तराष्ट्रिय अवधारणालाई लिदै नेपाली माटो सुहाउँदो, नेपालमा हुने, खेलाडीको स्तरोन्नतीका लागि के के गर्न पर्छ, स्थानीय अवस्था अनुसारका सोचहरुलाई कार्यान्वयन गर्दैछौं ।

नेपाली फुटबलको संरचनालाई लिएर बेला बेलामा बहस हुने गर्छ । एनएसएलको आगमनले घरेलु फुटबलमा कस्तो प्रभाव पार्छ ?

हाम्रो लिगको छुट्टै इतिहास छ । आफ्नै लिगेशी छ । त्यसरीनै चल्दै आएको छ । यो हाम्रो मुख्य लिग हो । एनएसएलको पत्रकार सम्मेलनमा समेत एन्फा अध्यक्षले शीर्ष डिभिजनको लिग सहिद स्मारक ए डिभिजन लिगनै हुने बताईसक्नुभएको छ । हामी सहर्ष त्यसलाई स्विकार गर्छौ । त्यसलाई सम्मान गर्दै अघि बढ्छौं ।

एनएसएल जम्मा दुई महिना चलाउने सोच छ । त्यो दुई महिनामा यति धेरै निजी क्षेत्रलाई समाहित गरौं कि भोली त्यसले नेपालको समग्र फुटबलको संरचनामा सहयोग गरोस भन्ने छ । यो लिग पनि संग सँगै चलिरहन्छ, ए डिभिजन लिगले अझ ठुलो आकार लिदै जाला, बढ्दै जानेछ ।

त्यहाँ भएका खेलाडीलाई, क्लबलाई निजी क्षेत्र फुटबलमा आईसकेपछि खेलकुदमा एउटा भविष्य रहेछ भनेर देखाउँछ । भविष्य त छ, नभएको हैन । केही कारणले अलिकती परिवर्तन गर्न आवश्यक देखिएको हो ।

एनएसएल दुई महिना खाली भएको विन्डोमा सञ्चालन हुन्छ । खेलाडीहरु अन्य व्यस्त नभएको अवस्थामा राम्रो पैसा, राम्रो माहोल, राम्रो बोनश र उनीहरुमाथि लगानीको वातावरण पनि बनोस भनेर निजी क्षेत्रलाई जोडेर समग्र फुटबलको वातावरणलाई अझ उकास्न एनएसएलले सहयोग पुर्याओस भन्नेछ ।

No description available.

एनएसएलको आगमनसंगै परम्परागत नेपाली फुटबल धानेर बसेका क्लबले कत्तिको असुरक्षित महशुश गरेको पाउनु भएको छ ?

उहाँहरुलाई लागेको होला, नीजि क्षेत्र आएको छ, कसरी आएको छ भनेर । भारतको विषयले पनि लागेको हुन सक्छ । हामीले उहाँहरुसंग समेत सहकार्य गर्ने हो । हामीले आफ्नो ठाउँबाट सक्ने, एनएसएलले सक्ने ठाउँमा क्लबहरुलाई, खेलाडीलाई सहयोग गरेर, हात मिलाएरै जाने हो । संगै मिलेरै काम गर्ने हो । प्रतिस्पर्धाको रुपमा लिएकै छैनौं । उहाँहरु ए डिभिजन लिग, ईतिहास कोरेको क्लब छ । उहाँहरुको आफ्नै स्थान छ, त्यो विशेष छ । हामीहरु भर्खरै पाईला चाल्दैछौ । त्यहाँ कुनै प्रतिस्पर्धा छ जस्तो लाग्दैन ।

यसले दुई महिनाको विन्डो पाएको छ । त्यो समयमा आफ्नो कार्यक्रम गर्छ । अन्य ५–६ महिनाको लिगमा मुख्य क्लबहरु खेल्छन् । हामीले आफ्नो ठाउँबाट गर्न सक्ने सहकार्य गछौं । अलिकती संवादको ग्याप भएको हो कि भन्ने लाग्छ । म अनुरोध गर्न चाहन्छु, एनएसएल एन्फाको माध्यमबाट यहाँहरुसंग बसेर, भेटेर, कुरा गर्नका लागि ईच्छुक छ । स्पष्टता आवश्यकता भएको खण्डमा त्यो दिन समेत तयार छौं । त्यसमा कुनै समस्या छैन ।

एन्फा छ, हामी छौं, उहाँहरु हुनुहुन्छ । त्यो कुरालाई एन्फालेनै भनेको छ । क्लबहरुलाई चित्त बुझाएरै हामी अघि बढ्ने हो । यसलाई सन्देहको हिसाबले हेर्न पर्ने आवश्यकता छैन । त्यसरी नलिन समेत अनुरोध गर्दछु । हामी सहकार्य गरेरै अघि बढ्ने हो ।

नेपालमा फुटबलका धेरै समर्थकहरु छन् । एनएसएलका के कस्ता विशेषता छन्, जो नेपाली दर्शकले हेर्न पाउँछन् ?

एनएसएल निजी क्षेत्रबाट जुन प्रतियोगिता भईरहेको छ । त्यसमा अन्र्तराष्ट्रिय स्तरका जनशक्ति लिएर आएर व्यवस्थापनको हिसाबले पनि अहिलेसम्मकै परिस्कृत र उत्कृष्ट प्रतियोगिता हुन्छ । यसले एउटा बेन्चमार्क सेट गर्छ जस्तो लाग्छ । त्यसको तयारी हामी गरिरहेका छौं । संगसंगै नगद पुरस्कारको कुरा, हरेक खेलमा म्यान अफ दी म्याचको कुरा, खेलाडीले पाउने अन्य अवार्डको कुरा विशेष रहनेछ । संगसंगै अन्तराष्ट्रिय खेलाडीहरु कोभिडका कारणले कत्तिको पहिलो सिजनमा सम्भव होला भनेर हेर्दैछौं ।

फ्रेन्चाईज टिमहरु बाहिरका खेलाडी ल्याउन धेरेनै इच्छुक हुनुहुन्छ । त्यसको सम्भावनाको बिषय अहिलेनै भन्न सक्दैनौं । तर एसिया भित्रका राम्रा राम्रा अन्तराष्ट्रिय खेलाडीहरु आउने र त्यसलाई एन्फाले त्यसको सहजीकरण गर्ने कुरा छ । कतिपय सेलिब्रेटी र मनोरञ्जन क्षेत्रका मान्छेहरु पनि यो फुटबलसंग जोडिनेछन् । फ्रेन्चाईजमा देशका अधिकांश कर्पोरेट क्षेत्रका मान्छेहरु जोडिने र अरु विधाका नाम चलेका मान्छेहरु टिम लिएर आउँदा अझ वृहत बनाउन लागिरहनु भएको छ ।

अझ विशेष फुटबलको माहोल बनाउने लक्ष्यमा छौं । धेरैपछि फ्लोर लाइटमा खेल हुँदैछ । रातिको समयमा प्रकाशमा खेल हुदैछ र त्यो फुटबल हेर्ने प्रशंसकका लागि समेत सबै कुराको मिश्रण एनएसएल हुन्छ भन्ने लागेको छ । त्यही बनाउने बाटोमा लागिरहेका छौं । जति जना रंगशाला आउन सक्नु हुदैन, बाहिर हुनुहुन्छ । उहाँहरुका लागि पनि राष्ट्रिय स्तर र अन्तराष्ट्रिय स्तरसम्म पनि पहँुच भएको च्यानलबाट प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाउँदै छौं ।

माथिल्लो स्तरको फुटबल नेपाली दर्शकका लागि पस्किनेनै हाम्रो उद्धेश्य हो । जसमा खेलाडीले समेत फाईदा पाउँछ, संघले समेत प्रत्यक्ष फाईदा लिन सक्छ । फ्रेन्चाईजहरुले समेत फाईदा लिन सक्छन् । त्यो किसिमको मोडालिटी बनाएका छौं । जति फ्रेन्चाईज टिम आउनु भएको छ । उहाँहरुले ग्रासरुटमा समेत लगानी गर्नुपर्छ भन्ने हाम्रो शर्त छ ।

भर्खरै पहिलो संस्करण सुरु गर्न गईरहेका छौं । भोली एकेडेमी बनाउने, मैदान बनाउने कुरा आ आफ्नो क्षेत्रमा लगानी गर्दै जानु हुन्छ ।

No description available.

एनएसएलले नेपाली फुटबलमा स्थापित गर्ने मान्यता के के हुन् ?

एनएसएलले नेपाली फुटबलमा स्थापित गर्ने कुरा भनेको निजी क्षेत्रलाई र फुटबललाई जोड्ने पुलको रुपमा काम गर्छ । जसले गर्दा फुटबलमा भोलि धेरै लगानी भित्रनेछ । त्यो कुराले खेलकुद र खेलाडीलाई पनि फाइदा हुने भएको छ ।

दोस्रो कुरा फुटबल जसरी चलिरहेको छ । त्यसमा अन्तराष्ट्रिय स्तरका जनशक्ति लिएर आएर प्रतियोगिता आयोजनामा कार्यान्वयन गर्दैछौ । खेल आयोजना, प्रत्यक्ष प्रशारण र इभेन्ट पनि अलि वृहत र उत्कृष्ट हुनेछ ।

समग्रमा यसले छोड्ने छाप भनेको खेल, खेलाडी र सबै सरोकारवाला निकायलाई फुटबललाई थप व्यवसायीक र पुनसंरचना गर्नका लागि महत्वपुर्ण भुमिका खेल्छ ।

एनएसएलले श्रेणी विहिन तरिकाले घरेलु फुटबलमा पाईला राख्दैछ । धेरेले यसलाई मनोरञ्जन लिगको रुपमा समेत व्याख्या गरेका छन् । भविष्यमै एनएसएलले स्थापित गरेको संरचना घरेलु फुटबलको मुल संरचना बन्ने सम्भावना छ ?

एनएसएल मनोरञ्जनको लागि मात्र हो भनेर म मान्दिन । मनोरञ्जन त भैहाल्छ, तर संगसंगै विकास पनि हुन्छ । अहिले दुई महिनाको विन्डो छ, त्यही हिसाबले अघि बढ्ने हो । अरु कुनै सोच छैन । भर्खरै बामे सर्दैछौं । यसलाई स्थापित गर्ने र विकास गर्ने चुनौती छ ।

एनएसएल आफैमा विकास हुनपर्यो । फ्रेन्चाइज टिमलाई लगानी फिर्ता दिन पर्यो । यसैमा २–४ वर्ष लागिहाल्छ । त्यसैले अहिले हामी आगामी ५ वर्षसम्म एनएसएललाई ब्राण्ड बनाउने र फ्रेन्चाइज लगानी फिर्ता दिने भन्नेमात्र सोचेका छौं । तर अहिले मुख्य संरचना बन्ने, त्यता जाने सोचेका छैनौं ।

किनकी हामीले भन्दै आएका छौं, ए डिभिजन लिगको आफ्नै लिगेसी छ । आफ्नै इतिहास छ । त्यसलाई फिफा, एएफसी र एन्फाबाट सञ्चालित छ । हामीले त्यसलाई चुनौती दिन सक्छौ भन्ने लाग्दैन ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bajaj Pulsar Motorcycle Ad
 डु प्लेसिसले विराटनगरबाट खेल्ने

डु प्लेसिसले विराटनगरबाट खेल्ने

खड्का मुख्य प्रशिक्षक नियुक्त

खड्का मुख्य प्रशिक्षक नियुक्त

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

काठमान्डु गोर्खाजलाई शिखर इन्स्योरेन्सको साथ

काठमान्डु गोर्खाजलाई शिखर इन्स्योरेन्सको साथ

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

दुई दिन पर सर्‍यो झापा महिला गोल्डकप

दुई दिन पर सर्‍यो झापा महिला गोल्डकप

वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक