काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले 'प्रधानसेनापति प्रशंसा पदक' प्राप्त गरेका छन् ।
नेपाली सेनाले बिहीबार सेना दिवसको अवसरमा एन्फा अध्यक्ष शेर्पालाई 'प्रधानसेनापति प्रशंसा पदक' प्रदान गरेको हो ।
नेपाली फुटबल बिकास र विस्तारमा पुर्राएको योगदानको कदर गर्दै सेनाले अध्यक्ष शेर्पालाई पदकबाट सम्मान गरेको हो ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रममा शेर्पालाई पदकबाट विभूषित गरेका थिए ।
'पुरस्कार पाउँदा म धेरै खुसी छु । यसले हामीले हासिल गरेका लक्ष्य, उत्तरदायित्व र संस्थामा पारदर्शिता रहेको देखाउछ,' शेर्पाले पदक पाएपछि एन्फाको वेबसाइटसँग भनेका छन् ।
एन्फाले पछिल्लो समय सेनासँग सहकार्य गर्दै फुटबल गतिविधि गरिरहेको छ ।
नेपाली सेनाले यस वर्ष नै त्रिभुवन आर्मी फुटबल क्लब दर्ता गर्दै एएफसी क्लब लाइसेन्स समेत प्राप्त गरेको थियो ।