काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर-११ ले एपीएफ क्लबलाई जितका लागि १ सय ७८ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनायो ।
काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए ।
यस्तै हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाए ।
बिक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए ।
एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३/३ विकेट लिए ।
आज काठमाडौंविरुद्ध एपीएफ तेस्रो जितको खोजीमा रहेको छ ।
एपीएफ जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।
काठमाडौंलाई हराउँन सकेमा एपीएफ प्रतियोगिताको फाइनलमा पुग्नेछ ।
पुलिस यस अघि नै फाइनल पुगिसकेको छ । अब एक टिम फाइनल पुग्न बाँकी रहेको छ ।
एपीएफ ३ खेलमा ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
काठमाडौं ३ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । काठमाडौंको पनि फाइनल पुग्ने गणितीय सम्भावना रहेको छ ।