एजेन्सी । पाहुना टिम श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजले जित निकालेको छ ।
नर्थ साउण्डमा बुधबार राति भएको खेलमा वेस्ट इन्डिजले श्रीलंकालाई ८ विकेटले हराएको हो ।
यस जितसँगै तीन खेलको सिरिजमा वेस्ट इन्डिजले १-० को अग्रता बनाएको छ ।
श्रीलंकाले दिएको २ सय ३३ रनको लक्ष्य वेस्ट इन्डिजले ४७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
वेस्ट इन्डिजको जितमा शाइ होपले १ सय १० रनको शतकीय इनिङ्स खेले ।
यस्तै इभिन लेविसले ६५ रन जोड्दा डरेन ब्राभो ३७ रनमा अविजित रहे ।
श्रीलंकाका दुश्मन्था चामिराले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ३२ रन बनाएको थियो ।
श्रीलंकाका दनुश्का गुनाथिलकाले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान दिमुथ करुनारत्नेले ५२ तथा एशन बानडराले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
वेस्ट इन्डिजका जासन होल्डर र जासन मोहमदले २/२ विकेट लिए ।