काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमै रहेको थियो ।
नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।
एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ ।
स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् ।
नेपाल एकदिवसीय वरीयतामा १७ औं स्थानमा रहेको छ ।
टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ ।
यस्तै भारत दोस्रो, अष्ट्रेलिया तेस्रो, पाकिस्तान चौंथो र न्युजिल्याण्ड पाँचौ स्थानमा रहेका छन् ।
खेलाडीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्का ७१ औं स्थानमा यथावत रहेका छन् ।
यस्तै नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने बलिङतर्फ ८२ औं स्थानमा रहेका छन् ।
उनको बलिङ वरीयता भने खस्किएको हो ।