नेयमारले बार्सिलोनाविरुद्धको खेल गुमाउने
मंगलबार, फागुन २५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।
चोटको कारण नेयमारले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बार्सिलोनासँगको दोस्रो लेग खेल गुमाउने भएका हुन् ।
पीएसजी र बार्सिलोनाबीचको दोस्रो लेग खेल बिहीबार राति हुनेछ । खेल पीएसजीको मैदानमा हुनेछ ।
चोटको कारण नेयमारले बार्सिलोनासँगको पहिलो लेग खेल समेत गुमाएका थिए ।
पहिलो लेगमा पीएसजीले बार्सिलोनालाई ४-१ ले हराएको थियो ।
नेयमारले कोप डे फ्रान्स अन्तर्गत केनविरुद्धको खेलमा चोट बोकेका थिए ।







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)