सरुको १० गोलमा मासाको फराकिलो जित
मंगलबार, फागुन २५, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय टिमका चार खेलाडी आबद्द मासा युनाईटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा फराकिलो जित निकालेको छ ।
मंगलबार भएको पहिलो खेलमा मासा युनाईटेडले सियालकोट सिटीलाई १९-० गोल अन्तरले परजित गरेको हो ।
नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिएको मासाले पहिलो खेलमै फराकिलो जित निकालेको हो ।
मासाको जितमा नेपालकी मिडफिल्डर सरु लिम्बुले १० गोल गरिन् । यस्तै नेपालकी अनिता केसीले ६ गोल गरिन् ।
यस्तै गीता राना, जारा इकबाल र सम्रोजले एक एक गोल गरिन् ।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)