एन्जिलाको कप्तानीमा मासा युनाईटेड मैदान उत्रदै

काठमाडौं । पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता आज (मंगलबार) बाट सुरु हुँदैछ ।
पाकिस्तान फुटबल महासंघ (पिएफएफ) को आयोजनामा हुने प्रतियोगितामा नेपाल राष्ट्रिय फुटबल टोली चार खेलाडीले मासा युनाईटेडबाट प्रतिनिधित्व गर्दैछन् ।
प्रतियोगिताको पहिलो खेलमा मासा युनाईटेडले मंगलबार सिअलकोट सिटी महिला फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल पाकिस्तान समय अनुसार दिउसो १ बजे सुरु हुनेछ । नेपाल समय अनुसार खेल पौने दुई बजे हुनेछ ।
राष्ट्रिय महिला टोलीकी कार्यबहाक कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा, डिफेन्डर गिता राना, मिडफिल्डर सरु लिम्बु र स्ट्राइकर अनिता केसीले पहिलो पटक पाकिस्तानको घरेलु प्रतियोगिता खेल्न लागेका हुन् ।
सोमबार भएको कार्यक्रमसँगै मासा युनाईटेडले गोलरक्षक एन्जिलालाई कप्तानी जिम्मेवारी सुम्पिएको छ ।
पाकिस्तानमा रहेकी उनले टोली नयाँ रहेको र क्लबले दिएको जिम्मेजारी सफलता पुर्वक निर्वाह गर्ने खेलपाटीलाई बताएकी थिइन् ।
मंगलबारनै उद्घाटन हुने खेलमा २० टोलीको सहभागीता रहेको छ । सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल हुनेछन् ।