ब्वाइज र श्री भगवती भिड्दै
२०२१ मार्च ९, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्वाइज युनियन र श्री भावती क्लबबीच खेल हुनेछ ।
ब्वाइज र श्री भगवतीबीचको खेल अपरानाह १२:१५ बजे सुरु हुनेछ ।
आज ब्वाइज जित निकाल्दै शीर्ष तीन क्लबसँगको अंक दुरी कम गर्न चाहन्छ ।
ब्वाइज १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
श्री भगवती ब्वाइजलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।
श्री भगवती १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
दोस्रो खेलमा टुसाल क्लबले श्री कुमारी क्लबसँग खेल्नेछ ।
टुसाल र श्री कुमारीबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
श्री कुमारी ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
टुसाल ९ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।