काठमाडौं । त्रिभुवन आर्मी क्लबका कृष्ण बहादुर बस्नेतले छैटौं संस्करणको प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि जितेका छन् ।
भद्रकालीमा शनिबार भएको म्याराथनमा निर्धारित दुरी २ घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै कृष्णले उपाधि जितेका हुन् ।
भारतीय सेनामा कार्यरत तीर्थ कुमार पुन दोस्रो भए । तीर्थले निर्धारित दुरी २ घण्टा २२ मिनेट २२ सेकेण्डमा पूरा गरे ।
आर्मीका होमलाल श्रेष्ठ २ घण्टा २३ मिनेट ३२ सेकेण्डको समय सहित तेस्रो भए ।
महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् ।
निर्धारित दुरी १ घण्टा १७ मिनेट ३३ सेकेण्डमा पार गर्दै पुष्पाले उपाधि जितेकी हुन् ।
पुष्पाले लगातार दोस्रो वर्ष उपाधि जितेकी हुन् ।
आर्मीकी विश्वरूपा बुढाले १ घण्टा २० मिनेट ९ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन् ।
एपीएफकी बिन्दा श्रेष्ठ १ घण्टा २४ मिनेट ४६ सेकेण्डको समयसहित तेस्रो भइन् ।