खुमलटारको जितमा महेशको निर्णायक गोल
२०२१ फेब्रुअरी २८, आइतबारखेलपाटी संवाददाता
काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले साँघुरो जित निकालेको छ ।
आइतबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन महेश राईले निर्णायक गोल गरे ।
महेशले खेलको तेस्रो मिनेटमा निर्णायक गोल गरेका हुन् ।
जितसँगै खुमलटारले ८ खेलमा १९ अंक जोडेको छ ।
खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गरेको छ ।
शीर्ष स्थानको सातदोबाटोको ७ खेलमा १९ अंक रहेको छ ।
झम्सिखेल ८ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।