मिलनको ह्याट्रिकमा ब्वाइज युनियनको जित
२०२१ फेब्रुअरी २८, आइतबारखेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा ब्वाइज युनियनले नयाँबस्ती युवा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियनको जितमा मिलन लिम्बुले ह्याट्रिक गरे ।
पहिलो हाफमा दुई गोल गरेका मिलनले दोस्रो हाफमा एक गोल गरेका थिए ।
खेलको २१ औं मिनेटमा मिलनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्वाइजको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा मिलनले ह्याट्रिक पुरा गर्दै ब्वाइजलाई ३-० को जित दिलाए ।
जितसंगै ब्वाइजले ८ खेलमा १४ अंक जोडेको छ ।
ब्वाइज युनियन लिगको चौंथो स्थानमा रहेको छ ।
नयाँबस्ती ८ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।