खुमलटारलाई झम्सिखेलको चुनौती
काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
ब्वाइज र नयाँबस्तीबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
ब्वाइज ७ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
नयाँबस्ती ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
अर्को खेलमा खुमलटार युथ क्लबले झम्सिखेल युथ क्लबसँग खेल्नेछ ।
खुमलटार र झम्सिखेलबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ ।
खुमलटार सहज जित निकाल्दै शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ ।
खुमलटार ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानको सातदोबाटोको १९ अंक रहेको छ ।
झम्सिखेल ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।