धादिङ । धादिङ जिल्लामा एन्फा रेफ्री कोर्ष-२०२१ (क्याट ४ ) मंगलबारबाट सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा र धादिङ जिल्ला फुटबल संघ र चक्रदेवी सामुदायिक समाज, नेपाल सिद्धलेक धादिङको संयोजनमा रेफ्री कोर्ष सुरु भएको हो ।
नलाङ मोडेल एकेडेमी र द यिअर्ली ट्रष्टको व्यवस्थापनमा रेफ्री कोर्ष नलाङ मोडेल एकेडेमीमा सुरु भएको हो ।
फुटबल खेलकुदलाई मर्यादित एवं सुधार गर्न र स्थानीय फुटबल खेलप्रेमीहरुलाई व्यावसायिक एवं दक्ष बनाउनका लागि तालिम संचालन गरिएको हो ।
७ दिनसम्म संचालन हुने कोर्षमा चितवन, नवलपरासी, गोर्खा र धादिङ जिल्लाका ३२ प्रशिक्षार्थीहरु सहभागी रहेका छन् । जसमा ५ जना महिला प्रशिक्षार्थी रहेका छन् ।
उद्घाटनमा एन्फा रेफ्री कोर्षका संयोजक गोकुल थापा, धादिङ जिल्ला शिक्षाविद बिष्णु प्रसाद सिलवाल, सिद्धलेक गापा वडा नं. २ का वडा अध्यक्ष कमल ब. गुरुङ, धादिङ जिल्ला फुटबल संघका उपाध्यक्ष रामहरी थापा, महासचिव दिनेश कडेल लगायतका उपस्थिति रहेको थियो ।