काठमाडौं । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प शिविर सम्पन्न भएको छ ।
स्कुलका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको १ महिने शिविरमा १४ जनाको सहभागिता रहेको थियो ।
सहभागीलाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच प्रमाण पत्र हस्तान्तरण गरे ।
सोही अवसरमा काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष धर्ममान वज्राचार्यले ११ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता चैत २४ देखि ३० गतेसम्म आयोजना गरिने जानकारी गराए ।
प्रतियोगिता लैनचौरमै हुनेछ ।