काठमाडौं । टेबलटेनिसकी कीर्तिमानी खेलाडी नविता श्रेष्ठको 'स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी' संचालनमा आएको छ ।
काठमाडौंको खुसिबूमा रहेको नविताको एकेडेमी सोमबारबाट औपचारिक रुपमा संचालनमा आएको हो ।
स्टार खेलाडी उत्पादन गर्ने लक्ष्यसहित संचालनमा आएको एकेडेमीको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र नेपाल टेबलटेनिस एसोसिएसनका अध्यक्ष चतुरानन्द राजवैद्यले उद्घाटन गरे ।
अन्तराष्ट्रिय मापदण्ड अनुसार संचालनमा आएको एकेडेमीको कुल लागत ३५ लाख रहेको छ ।
एकेडेमीमा ११ खेलाडी आबद्द भईसकेका छन् । एकेडेमीमा ६ वटा टेबलटेनिस बोर्ड राखिएको छ ।
एकेडेमीमा प्रतियोगिता समेत खेलाउन सकिने नविताले जानकारी दिईन् ।
'अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एकेडेमी खोलेका छौँ । ६ वटा टेबलटेनिस बोर्ड रहेको छ । एकेडेमीमा प्रतियोगिता आयोजना गर्न सकिनेछ,' उनले भनिन् ।
नेपालको नम्बर एक महिला खेलाडी नविता लगातार आठ पटक राष्ट्रिय च्याम्पियन बन्दै कीर्तिमान बनाउने खेलाडी हुन् ।