सेन्ट्रल कलेज भरतपुर क्वाटरफाइनलमा
शुक्रबार, माघ १६, २०७७खेलपाटी संवाददाता

काठमाडौं । चितवनको सेन्ट्रल कलेज भरतपुरले विजय युथ हेटौडा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
हेटौडास्थित फरेष्टि क्याम्पसको मैदानमा भएको उद्घाटन खेलमा मकवानपुर-११ लाई २-१ ले हराएर सेन्ट्रल कलेजले सुखद सुरुवात गरेको हो ।
सेन्ट्रल कलेजको जितमा जोना ग्लोरी र रंजित आले मगरले एक एक गोल गरे ।
मकवानपुरका ऋषि लामाले एक गोल फर्काए ।

जितसँगै सेन्ट्रल कलेज क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ पाउने छन् ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


