बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

शर्मिला र रश्मीको ह्याट्रिकमा आर्मीको जित

शुक्रबार, १६ माघ २०७७खेलपाटी संवाददाता
शर्मिला र रश्मीको ह्याट्रिकमा आर्मीको जित
Loading ad...
mustang rice ad

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिकालाई १०-० ले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।

आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान ४/४ गोल गरिन् ।

यस्तै विमला चौधरी र सपना लामाले एक एक गोल गरिन् ।

चन्द्रपुरविरुद्ध एकपक्षिय जित निकाल्ने क्रममा आर्मीले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ६ गोल गर्यो ।

चन्द्रपुरविरुद्ध तेस्रो मिनेटमै आर्मीले अग्रता बनाएको थियो । विमलाले गोल गर्दा आर्मीले अग्रता बनाएको थियो । मैदानको बायाँ भागबाट विमला बिकले मिलाएको क्रसलाई अनमार्क रहेकी उनले सहजै गोल गरिन ।

खेलको १५ औं मिनेटमा शर्मिलाले गोल गर्दा आर्मीले २-० को अग्रता बनायो । रश्मीको पासमा शर्मिलाले गोल गरेकी थिइन् ।

शर्मिलाले ३५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ३-० को अग्रता दिलाईन् । उनले विमला बिकको पासमा गोल गरेकी थिइन् ।

खेलको ४४ औं मिनेटमा सपनाले गोल गर्दा पहिलो हाफमा आर्मी ४-० ले अघि रह्यो । सपनाले एकल प्रयासमा गोलरक्षक पुजालाई बिट गर्दै सहज गोल गरिन् ।

शर्मिलाले ५१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा आर्मीको अग्रता ५-० को बन्यो । उनले विमला चौधरीको पास सदुपयोग गरिन । शर्मिलाको यो लिगमा पहिलो ह्याट्रिक हो ।

रश्मीले खेलको ५९ मिनेटमा गोल गर्दा आर्मीको अग्रता ६-० को बनायो । पूर्व क्लबविरुद्ध गोल गरेकी रश्मीको यो प्रतियोगिताको पहिलो गोल हो ।

खेलको ६२ औं मिनेटमा आर्मीले ७-० को अग्रता बनायो । रश्मीले डिबक्स बाहिरबाट आकर्षक गोल गरिन् ।

खेलको ६४ औं मिनेटमा आर्मीले आठौं गोल गर्यो । चन्द्रपुरको गोलरक्षक र डिफेन्सबिचको तालमेल नमिल्दा सिक्स यार्ड बक्सबाट शर्मिलाले हेड गोल गरिन् ।

लगत्तै ६६ औं मिनेटमा रश्मीले ह्याट्रिक पुरा गर्दा आर्मी ९-० ले अघि रह्यो । विमला चौधरीको क्रसमा रश्मीले सहज गोल गरिन् ।

त्यसपछि खेलको ८४ औं मिनेटमा रश्मीले व्यक्तिगत चौंथो गोल गर्दै आर्मीलाई १०-० को जित दिलाईन् । रश्मीले ७ मिनेटभित्र ह्याट्रिक पुरा गरेकी हुन् ।

जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

आर्मीले ४ खेलमा ७ अंक जोडेको छ ।

चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?

आर्मीका कप्तान राजु तामाङले चाहिएको समयमा तीन अंक प्राप्त गरेको बताए ।

'जसरि हुन्छ आज तीन अंक चाहिएको थियो । सुरुमै गोल हुँदा राम्रो भयो । बल सप्लाई राम्रो भयो, गोल पनि निस्कियो,' उनले भने, 'आज सजिलो भयो । लिगमा गोल फाइदा हुने भएर त्यसमा ध्यान दिएका थियौं ।'

चन्द्रपुरका सहायक चित्र बहादुर दर्लामीले डिफेन्स कमजोर हुँदा फराकिलो हार व्यहोरेको बताए ।

'विभागीय टिम राम्रो हो । तर, हाम्रो रक्षापंक्ती कमजोर छ । सेटको डिफेन्स खेल्न पाएको छैन । एक दुई अवसर पायो । सदुपयोग भएन,' उनले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया