सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई सारथी अस्पतालको साथ

बिहिबार, १५ माघ २०७७खेलपाटी संवाददाता
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई सारथी अस्पतालको साथ
Classic Tech Internet Ad

धनगढी । दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीमा रहेको सारथी अस्पतालले प्रायोजन गरेको छ ।

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले धनगढीमा चैत ६ गते आयोजना गर्ने स्पोर्टस अवार्डको दोस्रो संस्करणलाई सारथीले प्रायोजन गरेको हो ।

स्पोर्टस अवार्डमा दिईने ९ वटा विधा मध्येको लाईफटाईम अचिभमेन्ट अवार्ड विधालाई सारथीले प्रायोजन गरेको हो । अब यो विधाको नाम सारथी अस्पताल लाईफटाईम अचिभमेन्ट अवार्ड रहने छ ।

खेलकुद क्षेत्रमा जीवन समर्पण गरेका र सुदूरपश्चिमको खेलकुद विकासमा अतुलनीय योगदान पुराएका खेलकुद क्षेत्रका व्यक्तित्वलाई यो अवार्ड दिईनेछ ।

यो विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । अघिल्लो बर्ष पनि सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको थियो । अघिल्लो बर्षको सफल आयोजनापछि यसपाली भने सारथीले विधा प्रायोजन गरेर अवार्डलाई सफल पार्न साथ दिएको छ ।

विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष श्रवण देउवाले हस्ताक्षर गरे ।

अवार्डमा अघिल्लो बर्षदेखि जोडिएकोमा यसपाली विधा प्रायोजन गरेर सहकार्य गर्दै खेलकुद क्षेत्रलाई पनि साथ दिएको सारथी अस्पतालका अध्यक्ष जोशीले बताए । उनले स्वास्थ्य र खेलकुद एक अर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

लाईफ टाईम अचिभमेन्ट अवार्डका विजेतालाई अस्पतालमा उपलब्ध रहेको स्वास्थ्य उपचारको निशुल्क गर्ने उनले घोषणा गरे ।

धनगढीको मुख्य बजार स्थित प्रदेश सभा छेउमा सञ्चालनमा रहेको अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । धनगढीमा सारथी अस्पताल खुलेको सवा एक बर्ष भएको छ । तीन जना चिकित्सक सहित आठ जनाले मिलेर खोलेको अस्पतालले फरक उपचार दिईरहेको छ ।

सुदूरपश्चिम स्पोर्टस अवार्ड विभिन्न ९ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । त्यसैगरी पिपुल च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधामा पनि अवार्ड वितरण गरिनेछ । ७ वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।

पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

Bajaj Pulsar Motorcycle Ad
लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने