बुटवल । आर्मी क्लबका बोधित डिसीले बुटवल ओपन क्यास प्राईज एण्ड स्कुल लेभल टेबलटेनिस अन्तर्गत पुरुष खुलाको उपाधि जितेका छन् ।
देवीनगरस्थित बुटवल टेबलटेनिस एकेडेमीको हलमा शनिबार मोरङका नामहाङ राईलाई हराएर डिसीले उपाधि जितेका हुन् । अनमोल बिके र नारायण घिमिरे तेस्रो भए ।
विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २५ सय प्राप्त गरे ।
महिला खुल्लाको उपाधि अमृता थापाले जितिन् । यस्तै सुकृति श्रेष्ठ दोस्रो र गीता अर्याल र प्रकृति राना तेस्रो भईन् ।
महिलातर्फको विजेताले ५ हजार, दोस्रोले २५ सय र तेस्रोले १५ सय प्राप्त गरेका छन् ।
ब्वाइज यू-१४ को उपाधि प्रिन्स थापाले जिते । अर्मन श्रेष्ठ दोस्रो तथा रितिम गुरुङ र गौतम आचार्य तेस्रो भए । यस स्पर्धामा प्रथमले ३ हजार दोस्राले २ हजार र तेस्रोले १ हजार प्राप्त गरे ।
ब्वाइज यू-१८ को उपाधि प्रवेश बस्नेतले जित्दा जतिन दोस्रो तथा समिर खत्री र रबिन सुनारी तेस्रो भए । यस स्पर्धामा प्रथम हुनेले ४ हजार, दोस्रोले २ हजार र तेस्रोले १ हजार प्राप्त गरे ।
पुरुषमा हिमाल बिस्ट र महिलामा प्रकृति राना उत्कृष्ट खेलाडी चुनिए । प्रिन्स थापा उदयमान खेलाडी घोषित भए ।