एजेन्सी । ओलम्पिकमा स्वर्ण विजेता हर्डल्स खेलाडी ब्रायना म्याकनिल अस्थायी निलम्बनमा परेकी छिन् ।
प्रतिबन्धित औषधि प्रयोग (एन्टी- डोपिङ) को नियम उलंघन गरेपछि ब्रायना निलम्बनमा परेकी हुन् ।
एथ्लेटिक्स इन्टीग्रिटी युनिटले एन्टी- डोपिङको नियम उलंघन गरेपछि उनीमाथि निलम्बन गरिएको जनाएको छ ।
२९ वर्षिया ब्रायनाले रियो ओलम्पिकमा हर्डल्सको १०० मिटरमा स्वर्ण जितेकी थिइन् ।
तर, ब्रायनाले सन् २०१७ को विश्व च्याम्पियनसिप गुमाएकी थिइन् ।
१२ महिनामा तीन पटक डोपिङ परिक्षणमा अनुपस्थित भएपछि उनीमाथि एक वर्षको प्रतिबन्ध लागेको थियो ।
यदि उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई ४ वर्ष प्रतिबन्ध लाग्नेछ ।