काठमाडौं । नेपालकी पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छिन् ।
ढाकामा आइतबार दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा पुष्पाले स्वर्ण जितेकी हुन् ।
पुष्पाले निर्धारित दुरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डको समय निकालिन् ।
पुष्पाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग ) मा रजत जितेकी थिइन् ।
भारतकी ज्योति गवाती ३ घण्टा १६ सेकेण्डसहित दोस्रो र दिव्यांका चौधरी ३ घण्टा ७ मिनेट ४१ सेकेण्डको समयसहित तेस्रो भईन् ।
पुरुषतर्फ नेपालका किरणसिंह बोगटी चौंथो भए । किरण सागका स्वर्णधारी हुन् ।
किरणले २ घण्टा २६ मिनेट १३ सेकेण्डमा दौड पुरा गरे ।
दोस्रो राउण्डमा चोट बोकेपछि किरणले उत्कृष्ट प्रदर्शन गर्न नसकेको टोलीका प्रशिक्षक धनीराम चौधरीले जानकारी गराए ।
'धेरै दुख गरेर प्रतियोगितामा सहभागिता जनाएका थियौं । सहभागिता नै हाम्रो लागि चुनौतिपूर्ण थियो । अन्तिम समयमा स्वर्ण प्राप्त गरेका छौँ । हामी खुशी छौँ,' चौधरीले भने ।
पुरुषतर्फ भारतका बहादुर सिंहले स्वर्ण जिते । उनले २ घण्टा २१ मिनेट ४० सेकेण्डको समय निकाले ।
भारतकै राजपाल सिंह २ घण्टा २१ मिनेट ४१ सेकेण्डको समय निकाल्दै दोस्रो र भारतकै हिट राम २ घण्टा २५ मिनेट २३ सेकेण्डको समय निकाल्दै तेस्रो भए ।