एजेन्सी । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईका अध्यक्ष सौरभ गांगुली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोलकत्ताको वुडल्याण्डस अस्पताल भर्ना भएका गांगुली बिहीबार डिस्चार्ज भएका हुन् ।
हृदयघातको कारण गांगुली शनिबार अस्पताल भर्ना भएका थिए ।
छातीमा समस्या देखिएपछि पूर्व कप्तान समेत रहेका उनलाई अस्पताल लागिएको थियो ।
अस्पतालले उनलाई बुधबार नै डिस्चार्ज गरेको थियो ।
तर, गांगुलीले अस्पतालको बसाइ थप एक दिन लम्बाएका थिए ।